राप्ती प्रतिष्ठानमै गरिन्छ अत्याधुनिक प्रविधिले क्यान्सर परिक्षण

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख १६ गते आइतवार

 दाङ :  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा ठुलो सङ्ख्यामा क्यान्सर परिक्षण गरिएको छ । प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परिक्षण गर्न सुरु गरिएको छ । प्रतिष्ठानका अनुसार एक हजार बढि बिरामीको क्यान्सर भए नभएको बारेमा परीक्षण गरिएको छ । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलले प्रतिष्ठानमा सेवा लिन आएका १ हजार ५९९ जना बिरामीहरूको क्यान्सर भए नभएको पत्ता लगाउन परीक्षण गरिएको जानकारी दिए। प्रतिष्ठानमा २०७९ साल फागुनदेखि हिष्टो प्याथोलोजी ( बायोप्सी )  परीक्षणको सेवा सुरु भएको थियो । 

प्रतिष्ठानमा कार्यरत प्याथोलोजिष्ट डा. मधु सिग्देलले अघिल्लो वर्षको फागुनदेखि हाल चैत सम्म ९५७ जना बिरामीले हिष्टो प्याथोलोजीको सेवा लिएको बताए बिरामीको अप्रेसन गर्नेक्रममा मासुको सानो भाग निकालेर क्यान्सर भए नभएको पत्ता लगाउन हिष्टो प्याथोलोजी गर्ने गरिन्छ ।

त्यस्तै उनका अनुसार गएको बैशाखदेखि चैत महिनासम्ममा सुइको  माध्यमबाट क्यान्सर भए नभएको पत्ता लगाउन ३ सय ९८ जना बिरामीको बायोप्सी परीक्षण गरीएको छ । टिचिङ हस्पिटल काठमाण्डौबाट प्याथोलोजीमा एम डि पास गरेका डा. सिग्देलले गएको बैशाखदेखि चैतसम्म पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउन २ ४४ जना परीक्षण गरिएको जानकारी दिए । उनीसँगै काठमाण्डौ  मेडिकल कलेजबाट प्याथोलोजीमा एमडी पास गरेका डा. समिर मजगैँयासहितको स्वास्थ्यकर्मी, नर्ससहितको टोलीले बायोप्सी परीक्षण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार