तुलसीपुर उपमहानगरद्वारा पत्रकारहरूसँग छलफल

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख ३१ गते सोमवार

दाङ :  तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१ /  ८२ को नीति कार्यक्रम तथा बजेट तयारी सन्ध्यामा तुलसीपुर क्षेत्रका पत्रकारहरूसँग छलफल गरेको छ । सोमबार तुलसीपुर भएको छलफलमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा तुलसीपुर क्षेत्रको समग्र विकाससँगै शान्ति सुरक्षा, फोहोर व्यवस्थापन, सञ्चार क्षेत्रको विकासका बारेमा छलफल भएको हो । छलफलमा पत्रकारहरूले विगतमा तुलसीपुर क्षेत्रमा रहेका सञ्चार माध्यमहरूको विकासका लागि महानगरले गरेको प्रतिवद्धता कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ ध्यान दिनु पर्ने बताएका थिए ।

साथै पालिकाबाट पाउनुपर्ने लोक कल्याणकारी विज्ञापन स्थानीय स्तरका मिडियाले पाउनु पर्ने उनीहरूले सुझाव दिएका थिए । तुलसीपुरमा भई रहेका विकास निर्माणको कामको अवलोकनको लागि उपमहानगरपालिकाले पत्रकारहरूलाई लैजानु पर्ने उनीहरूको भनाई थियो । साथै पत्रकारहरूको क्षमता विकासको लागि तालिम मात्र दिनु भन्दा उनीहरूलाई फेलोसिप  प्रदान गर्नुपर्ने बताएका थिए । साथै तुलसीपुर उपमहानगरपालिकामा हुने गरेका गतिविधिका बारेमा समाचार प्रकाशन तथा प्रसारण गर्नको लागि पत्रकारहरूलाई सहज रुपमा सूचना उपलब्ध गराउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार