सिडिओ सवार गाडी दुर्घटनामा

Author Logo..
अनलाइन राप्ती २०८० असार ३ गते आइतवार

कैलाली  :   कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटनामा परेको छ ।  आइतबार बिहान धनगढीबाट नेपालगन्ज जाने क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबइमा दुर्घटनामा परेको हो ।

प्रजिअ कट्टेल सवार सरकारी गाडी मिनी ट्रकमा ठोक्किएको हो । दुर्घटनामा आफू सवार गाडीको अगाडिको भागमा क्षति भए पनि आफू सकुशल रहेको प्रजिअ कट्टेलले जानकारी दिए ।  प्रजिअ कट्टेल अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्जतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । आफ्नो अवस्था सकुशल रहे पनि ठुलो दुर्घटनाबाट जोगिएको कट्टेलले बताए ।

रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार