दाङका ८ तीर्थयात्रीको प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु  

Author Logo..
अनलाइन राप्ती २०८० जेष्ठ २९ गते सोमवार


दाङ :   दाङको घोराही १० नारायणपुरबाट प्युठानको स्वर्गद्वारी तीर्थयात्राका लागि गएका ८ जनाको जिप दुर्घटनामा मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिकाको भिग्री नजिकै लु १ च ६३४५ नम्बरको जिप दुर्घटना हुँदा ४ बालबालिका सहित ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए । 

उनका अनुसार  दुर्घटनामा परी मृत्यु हुनेमा  दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोखरेल, उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकास पोखरेल, दाङको गढवा गाउपालिका ५ बाँकीका ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली, र उनीहरूकै ९ वर्षका छोरा आदित शाह र  गाडी चालक लमहीका ४९ वर्षीय तारा बहादुर कुमाल रहेका छन् , अर्का एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किने क्रममा प्युठानको स्वर्गद्वारी नगरपालिका ४ भ्यागुते स्थित  भिग्री स्वर्गद्वारी सडक खण्डमा भिग्रीतर्फ आउँदै गरेको   लु १ च ६३४५ नम्बरको जिप सोमबार  दिउँसो साढे ३ बजेतिर भीरबाट खसेको थियो । कारमा २ महिला २ पुरुष र ४ जना बालकहरू सवार रहेका थिए । दुर्घटनामा परि गम्भिर घाइते भएका उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार लगिएको भएयता पनि उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार