घोराही मेयरकपको उपाधि १५ लाई

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख १५ गते शनिवार

दाङ : घोराही मेयर कपको उपाधि १५ नम्बर वडाले हात पारेको छ । साविक विजेता १५ ले यस पटक पुनः यो प्रतियोगिताको उपाधि हात पारेको हो । शनिबार घोराही गुलरिया स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १८ लाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको वडा नम्बर १८ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । जसमा मनोज पुन मगरले २० रनको योगदान गरे भने अविनाशजंग रानाले १७ रनको योगदान गरेका थिए ।

९९ रनको लक्ष्य सहित जबाफी ब्याटिङमा उत्रिएको वडा नम्बर १५ ले ११. ४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । १५ नम्बरका लागि ओपनर ब्याट्स  म्यान बिसम थापाले ४९ रनको योगदान गरे भने शिशिर डाँगीले ३१ रनको योगदान गरे । प्रतियोगिताको म्यान अफ द म्याच बिसम थापा भएका थिए । यसैगरी प्रतियोगताका अवधिभर उत्कृष्ट बलिङ गरेका किसन भारती वेस्ट बलर, शिशिर डाँगी वेस्ट ब्याट्स म्यान र म्यान अफ द सिरिज बिसम थापा घोषित भएको प्रतियोगताका संयोजक देव भण्डारीले जानकारी दिए । प्रतियोगिताको विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेता समूहले २५ हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगितामा १२ समूह सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार