राप्ती लाइफ र त्रिसिद्धेश्वरी यातायात प्रालि बिचमा व्यवसायिक सम्झौता

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख १० गते सोमवार

दाङ :  राप्ती लाइफ केयर हस्पिटल प्रालिले त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिमा आवद्ध स्टाफ, पदाधिकारी तथा समितिका सदस्यहरूलाई आफ्नो सेवा प्रवाहमा छुट दिने भएको छ । आइतबार राप्ती लाइफ केयर हस्पिटलका अध्यक्ष हरिप्रसाद रिजाल र प्रालिका अध्यक्ष सुरेश हमाल बीच सेवामा छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार अस्पतालले दिने सेवामा २० प्रतिशत, औषधिमा ७ प्रतिशत र अप्रेसन सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका कार्यकारी अधिकृत जीवन भण्डारीले जानकारी दिए । 

त्यस्तै सम्झौतामा दुर्घटनामा परेकाहरूलाई सेवामा अस्पतालको आइसीयु अप्रेसनलगायत सेवामा २० प्रतिशत छुट दिइनेछ भने सेवा लिन आउँदा परिचय खुल्ने कागजात अनिवार्य हुनुपर्नेछ । लाइफ केयरले दिने सुविधाबाट यातायात व्यवसाय सम्बद्ध व्यक्तिहरू लाभान्वित हुने भन्दै दुबै सेवा प्रदायक संस्था भएकोले एक अर्कामा सहकार्य गर्दै अगाडि बढ्ने प्रालिका अध्यक्ष हमालले बताए ।  यस्तै  प्रालिले यात्रुहरूको तीब्र चाहना र मागलाई मध्यनजर गर्दै हापुरे देखि सिधै  नेपालगञ्ज सम्म इलेक्ट्रिक गाडी सञ्चालनमा ल्याएको छ । बिहान हापुरे देखि प्रत्येक दिन ७, ८ र ९  बजे साना गाडीहरू छुट्ने प्रालिका प्रशासनिक सचिव नारायण प्रसाद न्यौपानेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार