नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न 

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २४ गते शनिवार


दाङ :   त्रिशिद्धेश्वरी  राप्ती यातायात सेवा प्रालिको आयोजनामा यातायात व्यवसायी र मजदुरका  एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम दाङको घोराही बसपार्कमा सम्पन्न भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा करिव तिन सय पचास जनाले स्वास्थ्य चेकजाँच गराएका थिए । सो अवसरमा सुगर, प्रेसर र थाइराइडका बिरामीहरू धेरै देखिएका थिए ।

प्रालिका संरक्षक भरत नाथ योगीको अध्यक्ष अध्यक्षता एवम् दाङ जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लको प्रमुख आतिथ्यमा भएको उद्‌घाटन कार्यक्रममा कार्यक्रम संयोजक प्रकाश भट्टले स्वागत मन्तव्य व्यक्त गरका थिए । सो अवसरमा प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू डाक्टर नवीन बिक्रम पाण्डे, शाखा अधिकृत रमिता गौतम, श्रीया दाहाल, स्वास्थ्य महाशाखा प्रमुख राधा पौडेल लगायतले सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार