तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चुन्न बैशाख २९ गते निर्वाचन हुँदै

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख १७ गते सोमवार

दाङ :  तुलसीपुरमा व्यापारीका बीचमा चुनावी सरगर्मी बढेको छ । तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चुन्नका लागि निर्वाचन समितिले सार्वजनिक सूचना जारी गरेको छ । आउने बैशाख २९ गते  संघको नयाँ नेतृत्व चुन्न निर्वाचन हुँदै छ । निर्वाचन प्रयोजनका लागि नामावली प्रकाशनको प्रक्रिया यही बैशाख २० गते बिहान ११ बजेका लागि तोकिएको छ । छुट नाम समावेश गर्नेदेखि नाम सच्याउने समय बैशाख २१ गते दिउँसो १ बजेसम्म तोकिएको छ । सोही दिन बेलुका ५ बजेसम्म उम्मेदवारको संशोधित नामावली प्रकाशनको समय तोकिएको छ ।

त्यस्तै मतादाता नामावली उपर दाबी विरोध बैशाख २२ गते बिहान ११ बजेसम्म गर्न पाइने भएको छ । सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । उम्मेदवारको मनोनयन पत्र दर्ताको समय  बैशाख २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । सोही दिन बेलुका साढे ४ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने छ । उम्मेदवारी उपर दाबी विरोध २५ गते दिउँसो १ बजेसम्मलाई तोकिएको छ भने संशोधित नामावली प्रकाशन सोही दिन दिउँसो ३ बजेसम्म तोकिएको छ । उम्मेदवारको मनोनयन पत्र फिर्ता लिने अन्तिम सयम २६ गते दिउँसो २ बजेसम्म र अन्तिम नामावली प्रकाशन सोही दिन बेलुका ५ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक प्रविण लम्सालले जानकारी दिएका छन् ।

त्यसपछि २९ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । बेलुकी पाँच बजेसम्म मतदान स्थलको डोरी भित्र प्रवेश गरेकाले मतदान गर्न पाउने छन् । मतदाताले अनिवार्य रुपमा उद्योग वाणिज्य सङ्घबाट प्रदान गरेको मतदाता परिचय पत्र ल्याउनु पर्ने छ । त्यो नभए आफ्नो परिचय झल्कने नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चुन्नका लागि मतदान हुने छ । मतदान सकिना साथ गणना सुरु हुने र गणना सकिना साथ मत परिणाम घोषणा गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार