टरिगाउँ विमानस्थल विस्तार गर्न कपास विकास समितिको जग्गा दिने तयारी

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख १७ गते सोमवार


दाङ :  तुलसीपुर उपमहानगरपालिकाले टरिगाउँ विमानस्थल विस्तारका लागि नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउने भएको छ । उपमहानगरको २१ औँ कार्यपालिका बैठकले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने निर्णय गरेको नगर प्रमुख टिकाराम खड्काले बताए । उनका अनुसार नागरिक उड्यन प्राधिकरणले कपास विकास समितिको जग्गा आफूले पाएमा विमानस्थल बिस्तार गर्न सकिने लिखित आशय व्यक्त गरेको थियो ।

प्राधिकरणको माग बमोजिम उपमहानगरले टरिगाउँ विमानस्थल देखी दक्षिणतर्फ रहेको कपास विकास समितिको तीन बिगाहा जग्गा हकभोग अधिकार सहित नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्न भूमि व्यवस्था शाखालाई निर्देशन दिएको छ । टरिगाउँ विमानस्थलको रनवे हाल ७५० मिटर मात्रै छ । रनवे कम भएका कारण यहाँ सानो जहाज मात्रै बस्ने गरेका छन् । तर, ती विमानको उडान नियमित छैन् । उडान नियमित नभएपछि दाङ लगायत पहाडी जिल्लाका नागरिकहरू हवाई सेवाका लागि नेपालगन्ज र भैरहवा जान बाध्य छन् ।

तुलसीपुर उपमहानगरले नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएसँगै रनवे बढाएर १८ सय मिटर पु¥याउने लक्ष्य राखिएको उपमेयर स्यानी चौधरीले बताइन् । उनका अनुसार कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गरी विमानस्थलदेखि उत्तर तर्फको जग्गा अधिग्रहण गरे रनवे १८ सय मिटर बनाउन सकिने डिपिआर नागरिक उड्यन प्राधिकरणले तयार पारेको छ । सोही डिपिआर बमोजिम काम गर्नेगरी उपमहानगरले संघीय सरकारबाट बजेट माग गर्ने लगायतका काम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार