दुबईमा दाङकी पाण्डे दुई हप्तादेखि सम्पर्कविहीन

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख १७ गते सोमवार

 

 दाङ :  रोजगारीको सिलसिलामा दुबई पुगेकी दाङ तुलसीपुरकी ३६ वर्षीया लिला पाण्डे करिब दुई हप्तादेखि सम्पर्कविहीन भएकी छन्  । तुलसीपुर उपमहानगरपालिका   १ भमके निवासी पाण्डे गत बैशाख ४ गते मंगलबार राती दुबईको साजा भन्ने ठाउँबाट सम्पर्कविहीन हुन् । 

दुबईमा आएको भारी वर्षाका कारण जाम परेकी पाण्डे सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि पहल गरिदिन सबैमा आग्रह गरेको छ । उनलाई देख्नुहुने महानुभावले ९८५६०३८३९१ सम्पर्क गरिदिन उनका भतिज प्रकाश पाण्डेले आग्रह गरेका छन् । 

उनी साढे दुई वर्षअघि रोजगारीका लागि दुबई गएकी थिइन् ।  ५ वर्षअघि श्रीमानको निधन भएपछि आर्थिक समस्यामा परेकी उनका दुई छोरीलाई आफन्तकोमा छोडेर साढे दुई वर्षअघि दुबईमा रोजगारीका लागि गएकी थिइन् । तर , करिब दुई हप्तादेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार