मलामी बोकेको जीप दुर्घटना : एक जनाको मृत्यु , १२ जना घाइते

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख १६ गते आइतवार


गुल्मी : गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप गएराति सत्यवती गाउँपालिका  ४ मौरीओडारमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सत्यवती गाउँपालिका  ५ का ३१ वर्षका कृष्ण थापा,  ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्षका पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना र चालक सत्यवती गाउँपालिका ४ लिम्घा बस्ने २९  वर्षका शंकर विक घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ भने अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताए । जीपमा १३ जना सवार थिए । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार