कोरोना संक्रमणबाट वडाध्यक्ष चौधरीको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ३ गते सोमवार


दाङ :  दाङमा कोरोना संक्रमणबाट एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिकाका वडा नं. ३ का ६३ वर्षीय वडाध्यक्ष पूणर्बहादुर चौधरी हुन् । उहाँको बाँकेको कोहलपुरमा उपचारको क्रममा निधन भएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए । एक साता अघि संक्रमण पुष्टि भएको थियो । उनको सोमबार बिहान निधन भएको हो । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । यसैबिच वडा अध्यक्ष चौधरीको निधनप्रति गाउँपालिकाले दुख व्यक्त गरेको छ । त्यस्तै तुलसीपुरका एक जनप्रतिनिधिको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्य केशरलाल चौधरीको आइतवार ११ बजे ४४ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समय देखि जण्डीस रोगबाट ग्रसित चौधरीको उपचारको क्रममा निधन भएको कार्यबाहक वडा अध्यक्ष बिनोद पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार