कांग्रेस केन्द्रीय अनुशासन समितिले भन्यो- निर्वाचनमा अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारवाही गर्नू

Author Logo..
अनलाइन राप्ती २०७९ मङ्सिर १८ गते आइतवार

काठमाडौंः नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा गठबन्धनका उम्मेदवारविरूद्ध अन्तर्घात गर्नेमाथि कारवाही गर्ने भएको छ । केन्द्रीय अनुशासन समितिले आइतबार विज्ञप्ति जारी गर्दै अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारवाही गरी जानकारी केन्द्रमा पठाउन भनेको विज्ञप्तिमा भनिएको छ ।  ‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पौष १५ गते भित्र पठाउनु पर्नेछ ।’  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार