अहिलेसम्म क–कसले पाए राष्ट्रिय पार्टीको मान्यता ?

Author Logo..
अनलाइन राप्ती २०७९ मङ्सिर १६ गते शुक्रवार

काठमाडौं : निर्वाचन आयोगले हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार  अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले राष्ट्रिय मान्यता पाएका हुन् । ती दलले राष्ट्रिय दलको मान्यता पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औपचारिक जानकारी गराइएको हो । तर, अझै दोलखा, बाजुरा र स्याङजा जिल्लामा भने मतगणना चालु रहेकाले अन्तिम मत परिणाम आउन बाँकी प्रवक्ता वाग्लेले बताए ।

आयोगले मंसिर २० गतेभित्र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मत संख्या निर्क्योल हुने अनुमान गरेको छ । दलहरूले पाएको मत संख्या अनुसार उनीहरूले बन्द सूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको संख्या पठाउने र दलहरूले आफूले बन्द सूचीमा पेस गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् । त्यसो गर्दा एक तिहाइ महिलाहरूको संख्या भने राजनीतिक दलहरूले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको आयोगका प्रवक्ता वाग्लेले बताए

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार