समानुपातिकतर्फ एमालेको अग्रता कायमै

Author Logo..
अनलाइन राप्ती २०७९ मङ्सिर १५ गते बिहिवार

 

काठमाडौं  :  प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ १ करोड ३ लाख ४६ हजार ८१७ मत गणना हुँदा नेकपा ( एमाले ) अघि देखिएको छ । निर्वाचन आयोगले अपराह्न ४ः०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार ६४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार १४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ । यसैगरी ११ लाख ६० हजार ७८३ मत प्राप्त गरी नेकपा ( माओवादी केन्द्र ) तेस्रो र ११ लाख १४ हजार २५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ५लाख ८४ हजार ९६९, जनता समाजवादी पार्टी ( जसपा ) ४ लाख २० हजार ७५० र जनमत पार्टी ३ लाख ९४ हजार १२९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् ।

थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनुपर्ने छ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा ( एकीकृत समाजवादी) ले २ लाख ९३ हजार ९०५ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले २लाख ७१ हजार ५६५, लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) ले १ लाख ६७ हजार १२० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार २६मत प्राप्त गरको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार