रास्वपाका उम्मेदवार सुवेदीको चुनावी खर्च ८ लाख १हजार ७२४

Author Logo..
अनलाइन राप्ती २०७९ मङ्सिर १४ गते बुधवार

दाङ : राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमल सुवेदीले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर चुनावी खर्चको विवरण सार्वजनिक गरेका हुन् । सुवेदीले ३५ दिनसम्मको चुनावी दौरानमा ८ लाख १ हजार ७२४ रुपैया खर्च गरेको बताएका छन् । उक्त रकम मध्ये ३ लाख ३ हजार ६५७ रुपैयाँ सुभेच्छुकहरुको सहयोगबाट र ४ लाख ९७ हजार ७२४ व्यक्तिगत रकम खर्च भएको सुवेदीले बताए ।

सुवेदीका अनसार उक्त रकम मध्ये प्रिन्टिङ ( भिजिटिङ कार्ड, स्टिकर, व्यानर, बाचापत्र, झण्डा, नमूना मतपत्र छपाई) मा २ लाख ७० हजार ८२४ रुपैयाँ खर्च भएको छ । त्यसैगरी यातायात तर्फ १ लाख ९५ हजार, चिया खाजा खानामा १ लाख ८४ हजार ४ सय, फेसबुक बुस्ट २० हजार, डिजे, डेक स्पिकरमा ८६ हजार ५०० सय, निर्वाचन सम्पर्क कार्यालय भाडा ( तुलसीपुर, रगैचा, हापुरे) १८ हजार ५ सय र अन्य मसलन्द एवं प्रशासनिक खर्च २६ हजार ५ सय गरी ८ लाख १ हजार ७२४ रुपैयाँ खर्च भएको सुवेदीले जानकारी दिए । उक्त अवसरमा सुवेदीले आफुलाई चुनावी अभियानमा आर्थिक, भौतिक, एवं नैतिक रुपमा सहयोग गर्ने सुभेच्छुकसहित मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । मंसिर ४ गते भएको निर्वाचनमा सुवेदीले १५ हजार ३२६ मत प्राप्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार