पत्रकार महासंघ दाङ शाखाले विभिन्न कार्यक्रम गरी स्थानपना दिवश मनाउने

Author Logo..
अनलाइन राप्ती २०७९ मङ्सिर १२ गते सोमवार

दाङ :  नेपाल पत्रकार महासंघ दाङ शाखाले पुस १ गतेदेखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी स्थानपना दिवश मनाउने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले चार दिनसम्म विभिन्न कार्यक्रम गरी दिशव मनाउने भएको हो । जसअनुसार १ गते रक्तदान, २ गते महिला पत्रकारहरुबिच मैचिपूर्ण फुटसल प्रतियोगीता, ३ गते सहयोग कार्यक्रम र ४ गते स्थापना दिवश एवं साधारण सभा कार्यक्रम नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा गर्ने निर्णय गरिएको सचिव आरके शितलले जानकारी दिए ।

साथै स्थापना दिवशमा हुने कार्यक्रमहरुकालागी संयोजकहरु पनि तोकीएको छ । जसअनुसार स्थापना दिवश र साधारण सभा कार्यक्रमकालागी सचिव आरके शीतल, फुटसल कार्यक्रमकालागी सहसचिव दिप्तीशिखा चौधरी, सहयोग कार्यक्रमकालागी सदस्य विवेक खड्का र रक्तदान कार्यक्रमकालागीकालागी सदस्य गिरिराज नेपालीलाई संयोजक तोकीएको छ । साधारण सभाकालागी संस्थाको प्रगति प्रतिवेदन तयारीकालागी सचिव आर।के।शीतल र आर्थिक प्रतिवेदन तयारीकालागी कोषाध्यक्ष शरद रेग्मीलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ दाङ शाखाका सम्पूर्ण सदस्यहरुलाई केन्द्रीय परिपत्र अनुसार २०७९ मंसीर २५ गतेसम्म सदस्यता नविकरण गर्त अपील गर्ने र पत्रकारितामा क्रियाशील नभएका सदस्यहरुलाई सदस्यता नविकरण नगरेर सहयोग गरिदिन अनुरोध गरेको छ । त्यस्तै ‘सभ्य समाजको पहिचान : लैंगीक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नाराकासाथ सञ्चालनमा रहेको लैंगीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत फ्री मिडिया नेटवर्कसँगको समन्वयमा मंसीर १४ गते छलफल कार्यक्रम घोराहीमा आयोजना गर्ने, मंसिर ४ गते भएको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट निर्वाचित दाङका सम्पूर्ण जनप्रतिनिधीहरुलाई बधाईसहित सम्मान कार्यक्रम गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार