दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या

Author Logo..
अनलाइन राप्ती २०७९ मङ्सिर २ गते शुक्रवार

दाङ :  दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका १ क्यूरेनी बस्ने ४० बर्षीय श्रीमान लाल बहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ बर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिए ।शुक्रबार विहान ३ बजे तिर श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको र स्थानियले विहान ५ बजे तिर प्रहरीलाई खवर गरेका थिए । श्रीमान बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ । शबलाई पोष्ट मार्टमका लागि तुलसीपुर ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार