दाङ : तुलसीपुरको एक चिया तथा किराना पसलमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित बिशाल बिकले सञ्चालन गरेको चिया तथा किराना पसलमा बिद्युतको तार सर्ट भई एक्कासी लाग लागि भएको थियो ।
बिहीबार बेलुका साढे ८ बजे लागेको आगो स्थानीय बासी, दमकल र प्रहरीको सहयोगमा करिब ९ बजेतिर आगो नियन्त्रनमा आएको थियो । आगलागीबाट पसल पुर्ण रुपमा क्षति भएको तर मानबिय क्षति नभएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस