चितुवाको आक्रमणबाट बालकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७९ कार्तिक १६ गते बुधवार

तनहुँ : चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु भएको छ। व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरका छोरा अभिनमको मृत्यु भएको हो । मंगलबार साँझ घरदेखि तल रहेको गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ। करिब १०० मिटर तल लगेपछि मानिसले हल्लीखल्ली गरेपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए। प्रहरी र वनका कर्मचारी लगायतको टोली घटनास्थलमा पुगेर घटनास्थलको मुचुल्का उठाएर शव दमौली अस्पतालमा ल्याएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। तनहुँमा चितुवाको आक्रमणबाट १० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार