टिकापुरमा भएको घटनालाई राजनीतिक रुपमा सम्बोधन गर्नुपर्छ : संयोजक थारु

Author Logo..
२०७६ माघ २१ गते मङ्गलवार

तुलसीपुर, थारुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारुले २०७२ साल भदौ ८ गते कैलालीको टिकापुरमा भएको घटनालाई राजनीतिक रुपमा सम्बोधन गरिनु पर्ने बताए । मंगलबार दाङको तुलसीपुरमा मोर्चाले परेको पत्रकार सम्मेलजमा बोल्दै उनले घटनालाई राजनीतिक सम्वोधन गरेर निकास दिनु पर्ने बताए ।

घटनाको छानविनका लागि गठित समितिको र आयोगको प्रतिवेदन सहित यथार्थ अवस्था सार्वजनिक गर्न माग गरे । उनले लाल आयोग र देविराम शर्माको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग समेत गरे । उनले घटनाका दोषीलाई तत्काल कारबाही गर्नु पर्ने समेत बताए । त्यो घटनाले सबैलाई पीडा दिएको र मर्माहत बनाएको भए पनि थारु जातीहरुको अपमान हुले गरि भएका गतिविधिले थारुहरु आन्दोलन जानु पर्ने अवस्था सिर्जना भएको बताए ।

उनले संविधान जनजाती आदीवासी र थारुहरुका लागि जस्ताको तस्तै स्वीकार्य नभएको भन्दै केहि बुद्धाहरु संशोधन र खारेजीको आबश्यकता रहेको बताए । वर्तमान सरकारका कारण थारु समुदायले आन्दोलनको तयारी गर्नु बाध्यता भएको भन्दै सरकारको निरङकुस्ताको अत्य हुनु पर्ने बताए । संयोजक थारुले केपी ओली नेतृत्वको सरकार भष्ट्राचारी , राष्टघाती, तानाशाही भयो आरोप समेत लगाए ।

उनले भने,‘ भष्ट्राचारी कम्युनिष्ट सरकारका विरुद्धमा आन्दोलन गर्नु पर्ने अवस्था आएको र त्यसका लागि पहिचानवादी मोर्चाहरु एक भइसकेका छौं । ’ प्रधानमन्त्री ओलीले जनताको भावना र थारुहरुको भावनार पहिचालनमा खलबल पु¥याएको भन्दै शासकहरुका विरुद्धमा आन्दोलन सुरु गर्नु परेको बताए ।

उनले मोर्चाले १४ बुदे माग सरकारलाई बुझाएको र त्यो माघ मसान्त भित्रमा पुरा नभएमा फागुन १ गते देखि आन्दोलन सुरु गर्ने बताए । पहिचान पक्षधर र आन्दोलन रतर पक्षको संयुक्त पहलमा आन्दोलनको तयारी गरेको बताए । आन्दोलन कैलानीबाट सुरु गरिने र आन्दोलनले तिव्रता लिने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार