जिल्ला स्तरीय हाजिर जवाफ तथा एसईई उत्कृष्ट विद्यार्थीलाई सम्मान

Author Logo..
अनलाइन राप्ती २०७९ भाद्र २४ गते शुक्रवार

दाङ :   एन प्याब्सन दाङको आयोजनामा शुक्रबार  जिल्ला स्तरीय  हाजिर जवाफ तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । एन प्याब्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षता , एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यमा तथा तुलसीपुर शिक्षा महाशाखा प्रमुख चक्र भण्डारी र ज्ञान ज्योति माविका सिइओ सुरेन्द्र जिसीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । तुलसीपुरको ज्ञान ज्योति माविमा भएको हाजिर जवाफ प्रतियोगितामा अमृत एकेडेमी शान्तिनगरका सुवर्णा विष्ट र निश्चल पाण्डेको समूह प्रथम भएका छन ।

त्यस्तै गरी प्रतियोगितामा डिभाइन टेम्पल एकेडेमी तुलसीपुर ६ का सुलभ रावत र जेनिसा बिसीको समूह द्वितीय , जनप्रिय इङ्गलिस स्कुल बालापुरका साजन गिरि र रोजिना चौधरीको समूह तृतीय भएका थिए  । त्यसैगरी प्रतियोगितामा सान्त्वना स्थान लोकप्रिय विद्या मन्दिर शान्तिनगरका  किरण रावत र सोनु खड्काको समुह भएको थियो ।

सोही अवसरमा एसईई परीक्षा २०७८ मा नेशनल प्याब्सन दाङमा आवद्ध विद्यालय मध्येबाट सबैभन्दा धेरै जिपिए ३.९५ सहित उत्तीर्ण हुने ज्ञान ज्योति माविका छात्रद्वय सुवास वली र रिक्की बाबू भट्टराई तथा छात्रा तर्फ समेत ३.९० जिपिए सहित उत्तीर्ण हुने सोही विद्यालयका निशा योगी र मुना शर्मालाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल ज्ञान ज्योति मावि लाई समेत सम्मान गरिएको थियो । प्रतियोगितामा प्रथम, दितिय , तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।सो अवसरमा एन प्याब्सन लुम्बिनीका सदस्य केपी न्यौपाने लगायतकाले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।  एन प्याब्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार