नागरिकलाई दुख्न नदिइ सेवा दिन मुख्यमन्त्री केसीको निर्देशन

Author Logo..
अनलाइन राप्ती २०७९ भाद्र १ गते बुधवार

बुटवल :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले  प्रदेशका नागरिकको  जीवनको सर्वाङ्गीण विकासका लागि सबै मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन् । बुधबार मुख्यमन्त्री  केसीले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा भएको मन्त्री र उपसचिवहरूलाई निर्देशन दिने क्रममा यस्तो निर्देशन हुन् ।  उनले आपसी समझदारीको नगरी नागरिकलाई दुख्न दिने काम नगरी दिनका लागि निर्देशन दिए । उनले भने,‘ नागरिकलाई सेवा दिनका लागि सहज वातावरण निर्माण गरौँ, जनतालाई नघुमाऔँ, बरु हामी मन्त्री र मन्त्रालयहरू घुमेर समन्वय गरौँ ।  तर, जनतालाई दुख नदिऊँ , जनतालाई दुख दिने काम बन्द गरौँ  । ’

छलफल कार्यक्रममा सबै मन्त्रालयले विगत आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक समीक्षा समेत मन्त्रालयगत रुपमा छलफल गरिएको थियो । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले यस वर्ष सबैको सहयोगले नतिजा राम्रो निकालेका दावी गर्दै मन्त्री र सचिवहरूको बीचमा घनिभूत छलफल गरी समस्या समाधान गरी कार्यन्वयन गरी अगाडि बढ्नु पर्ने बताए । उनले  प्रदेशका नागरिकको जीवनलाई समृद्ध बनाउनको लागि मन्त्री र सचिवहरूले अन्तर मन्त्रालयको समन्वय सहकार्य गरी अगाडि बढ्नु पर्ने बताए  ।

उनले  सुशासनलाई कायम गर्नका सबै जिम्मेवार बन्नु पर्ने बताउँदै सरुवा र बढुवा गर्नका कसैको भनसुनमा नगर्न निर्देशन दिए । उनले भने,‘ हामी सुसाइन कायम गरौँ,  कसैको  भनसुनमा नगरौँ, कार्य सम्पादन प्रणालीको आधारमा मात्रै गरौँ । विभिन्न संघ, संगठन लगायतको भनसुनमा होइन राम्रो कामका आधारमा गरौँ ।  ’ उनले सबैले मन्त्री र सचिवहरूले आफ्नो कार्य सम्पादन राम्रो परिणाम हासिल गरी अगाडि बढ्नका लागि निर्देशन दिँदै सबैले आफ्नो भविष्यसँगै प्रदेशवासीको  जनताको भविष्यलाई समृद्ध गर्नका लागि लाग्नु पर्ने बताए ।

उनले  प्रदेश सरकारको गौरवको आयोजनामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल,  रामपुर कपुरकोट मार्ग, लुम्बिनी टेक्निकल विश्वविद्यालयका योजनालाई सफल पार्नका लागि सबै सरकारका मन्त्री र सचिवहरूले सहयोग गर्न समेत थप निर्देशन दिए  । उनले  लुम्बिनी प्रदेश सरकारका हरेक मन्त्रालयहरूले कार्य प्राथमिकताका योजना बनाई आगामी निर्वाचनसम्ममा परिणाम हासिल गर्ने गरी कार्यतालिका बनाएर अगाडि बढ्नका लागि निर्देशन दिए ।

उनले मन्त्रालयका विभिन्न कार्यालयहरू मर्ज गर्न सकिने अवस्थामा भएर मन्त्रालयका निकायहरू मर्ज गरी कम कार्यालय कर्मचारीको संख्या बढाएर जनतालाई घरदैलोमा  सेवा  पु-याउने  कुरामा सोच्नका लागि निर्देशन दिए । उनले भने,‘ मन्त्रालयका निर्देशनलाई र विभिन्न अड्डाहरू कम गरौँ एकीकृत कार्यालयको अवधारणा अगाडि बढौँ हामीले चालु खर्च त घटाई सुशासन कायम गरौँ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार