टिकटकबाट आएको एक लाख बढि  रकम घाइते गिरीको उपचारका लागि  सहयोग

Author Logo..
अनलाइन राप्ती २०७९ भाद्र १ गते बुधवार

दाङ :   सवारी दुर्घटनामा परी गम्भिर घाईते भएकी एक महिलालाई उपचारका एक लाख बढी आर्थिक रकम सहयोग गरिएको छ । गत मंसिर २ सवारी दुर्घटनामा परेर घाइते हुनुभएकी दाङको तुलसीपुर  २  खैरीपुर  निवासी ३३ वर्षीया सृजना गिरीको उपचारका लागि टिकटक बाट संकलन भएको १ लाख १० हजार रुपैयाँ उपलब्ध गराइको हो । राजेन्द्र सिंह धामीको विशेष पहलमा देशका विभिन्न स्थानमा रहेका टिकटक लाइभ होस्टरहरु तीर्थ राज गौतम, सञ्जय श्रेष्ठ, नारायण बन, रमेश थापा, राजेन्द्र कार्की लगायतको सक्रियतामा संकलन भएको रकम  उनको घरमा गएर दिइएको हो ।

संकलित रकम हस्तान्तरण गर्दै तुलसीपुर  ५ का अध्यक्ष विरेन्द्र कुमार शाहले सृजनाको उपचारका लागी वडा बाट सक्दो सहयोग गर्ने र थप सहयोगका लागी अन्य निकायहरू समक्ष पहल गर्ने  बताए  । परालको भारी बोकेर हिँडिरहेको अवस्थामा ना १ ख ९१०५ नम्बरको  टिपरले ठक्कर दिएको थियो । आर्थिक अभावका कारण उपचार गर्न छोडेर सृजनालाई अहिले घरमै राखेको सृजनाका ससुरा बुवा छविलाल गिरीले बताए  । घरमा भएको सबै पैसा सकिएर जग्गा बेचेर उपचार गरेको र त्यसले पनि नपुगेपछि अहिले घरमै राखेको उनको  भनाई छ । 

सृजनाका ३ छोरा छन् । उनका श्रीमान वैदेशिक रोजगारी बाट फर्किएको केही दिनमै यो घटना भएको थियो । हाल उनी श्रीमतीको सहारा बनेका छन् । विगत नौ महिनादेखि उभिन नसकेकी श्रीमतीको स्याहार सुसारमा आफू लागेपछि कतै काम गर्न र कमाउन जान नपाएको श्रीमान पुष्कर गिरीले बताए  । परिवारका अनुसार सृजनाको उपचारमा संलग्न चिकित्सकले दाहिने खुट्टाको मासु काटेर देब्रे खुट्टामा भरेका छन्। हात पाखुराको मासु काटेर फेरि दाहिने खुट्टामा भरेका छन् । गाडी धनी चितवन भरतपुरका ईश्वरी कँडेलले उपचारमा लाग्ने खर्च बेहोर्ने सहमति अनुसार रकम नदिएको घरपरिवारको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार