तुलसीपुरमा भायनेटले सेवाग्राहीको मन जित्दै

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २२ गते आइतवार

दाङ :  दाङको तुलसीपुरमा प्रवेश गरेको एक महिनामै भायनेटले आफ्नो रफ्तारलाई तीब्र पारेको छ । असार १५ देखि सेवा सुरु गरेको भायनेटले एक महिनाको अवधिमा व्यक्तिगत प्रयोजनका लागि घर र कार्यालयमा समेत गरेर ३ सय १५ वटा इन्टरनेट जडान गरिसकेको छ । सबैभन्दा बढी घरमा ३ सय र गैर सरकारी तथा सरकारी कार्यालयमा १५ वटा जडान गरेको भायनेट कम्युनिकेसन लिमिटेड तुलसीपुरका म्यानेजर राजहंस वैश्यले जानकारी दिए  ।

बजारमा रहेका अन्य सेवा प्रदायक कम्पनी भन्दा भायनेटको इन्टरनेट जडान शुल्क कम लाग्ने, धेरै स्पीड, गुणस्तरीय सेवा, समस्याको तत्काल समाधान, चौबीसैं घन्टा सेवाको उपलब्धता लगायतका कारण ग्राहको सङ्ख्यामा वृद्धि भएको म्यानेजर वैश्यले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार