एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २१ गते शनिवार


दाङ :   बाल सहारा इङ्लिस बोर्डिङ  स्कुलले शनिबार  एक कार्यक्रमको आयोजना गरि एसइई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । तुलसीपुर ४ वनहरिमा रहेको विद्यालयले  चखौरामा वनभोज सहितको सम्मान कार्यक्रमको आयोजना गरि विद्यार्थीहरूलाई सम्मान गरेको हो ।  विद्यालयका प्रिन्सिपल शालिकराम कार्कीको अध्यक्षता , नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यमा तथा नेशनल प्याब्सन दाङका अध्यक्ष विमल गौतम र तुलसीपुर  वडा नम्बर ४ का वडा अध्यक्ष तुलसीराम रानाको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा बोल्ने वक्ताहरूले ग्रामीण क्षेत्रमा रहेको विद्यालयले १२ जनामा  ११ जना ए प्लस र १ जना ए जिपिए सहितको नतिजा ल्याउनु उल्लेख प्रगति गरेको भन्दै प्रशंसा गरेका थिए  ।  वक्ताहरूले विद्यालयले दाङ जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको भन्दै शिक्षक र शिक्षिका , विद्यार्थी र विद्यालय परिवारलाई आगामी दिनमा समेत उत्कृष्ट नतिजा निकाल्नका लागि लागि पर्न सुझाव दिएका थिए । सो अवसरमा वडा सदस्य दामोदर न्यौपाने , अभिभावकहरू तेज प्रसाद भुसाल , प्रकाश देवकोटा , भाइस प्रिन्सिपल रुद्र बस्नेत लगायतकाले बोलेका थिए ।कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शरद शर्माले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार