तुलसीपुर १६ मा वडा स्तरिय विपद् व्यवस्थापन समिति गठन

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २१ गते शनिवार

दाङ :   तुलसीपुर उपमहानगरपालिका १६ ले वडा स्तरिय विपद् व्यवस्थापन समिति गठन गरेको छ । शुक्रबार वडाध्यक्ष शिवानन्द डाँगीको संयोजकमा २२ सदस्यी विपद् व्यवस्थापन समिति गठन गरिएको हो । जसको सदस्यहरुमा रिखा शर्मा पोख्रेल, मोहनलाल थारु, पार्वता कमी, देव बहादुर चौधरी, प्रकाश खड्का, मेघराज लम्साल, विष्णु क्षेत्री, डम्बर बस्नेत रहेका छन् । यस्तै लिलाधर वली, प्रेम पुन, कृष्ण बस्नेत, विष्णु वली, टोपेन्द्र लामिछाने, लोक बहादुर वली, इन्द्र देवकोटा, अर्जुन राजगुरु, जयसुद्धा चौधरी, माया चौधरी, गणेश कुमार चौधरी, आनन्द हितान र मित्रलाल विक रहेका छन् ।

यस्तै वडाले शनिवार एक कार्यक्रम गरी वडा कार्यालयमा र लक्ष्मी मावि लक्ष्मीपुर विद्यालयमा बृक्षारोपण कार्यक्रम गरेको छ । वडा कार्यालयमा र विद्यालयमा विभिन्न प्रकारका विरुवाहरु रोपिएको हो । सुनौलो सिर्जनशील युथ क्लबको आयोजनामा र वडा कार्यालयको समन्वयमा बृक्षारोपण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार