दाङ : दाङका दुई प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको सरुवा भएको हो ।
लामो समय जिल्लाको शान्ति सुरक्षामा खटिएका डीएसपी रिजाल जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्रमुख भएर जान लागेका हुन् भने अर्याल जिल्ला प्रहरी कार्यालय रूपन्देहीको प्रमुख भएर जान लागेका छन् । त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखामा कार्यरत पुष्पराज मल्ल आउने भएका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस