भालुबाङमा भदौ ४ गते तीज महोत्सव हुने

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २० गते शुक्रवार

 

दाङ :  भालुबाङमा यही भदौ ४ गते ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ हुने भएको छ । हिन्दु नारीहरूको महान चार्ड  हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा तीज गीतको माध्यमबाट समाजमा जनचेतना प्रवाह गर्न र देउखुरीमा डिजिटल अनलाइन मिडियाको प्रवर्द्धनका लागि तीज महोत्सव हुन लागेको हो ।

“संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्रियता हराउँछ” भन्ने मूल नाराका साथ देउखुरी टुडे डटकम र हाम्रो लुम्बिनी न्युज डटकमको संयुक्त आयोजनामा एक दिने दिवाकालीन तीज महोत्सव देउखुरीको भालुबाङ स्थित होटल पौवाको प्राङ्गणमा हुने लागेको आयोजक देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक एवम् महोत्सवका प्रचारप्रसार संयोजक सन्तोषकुमार गुप्ताले जानकारी दिए ।

पछिल्लो समय तीज पर्वमा ब्यापक विकृति देखिएको र उक्त विकृतिलाई नियन्त्रण गदै मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती सहित तीज गीत प्रतियोगिताको समेत आयोजना गरिएको महोत्सवका सांस्कृतिक संयोजक नरेश भण्डारीले जानकारी दिएका छन ।

तीज महोत्सवमा चर्चित लोकदोहोरी गायिका सुनिता बूढा क्षेत्री , चर्चित लोकदोहोरी गायक अर्जुन सापकोटा, चर्चित हास्यव्यङ्ग्य कलाकार कमल गाउँले, चर्चित लोकदोहोरी गायिका तथा उद्घोषिका राशि रिजाल, चर्चित लोकदोहोरी गायक जीवन परियार र चर्चित बाल कलाकार अनुष्का आचार्यको बेजोड प्रस्तुती रहने सांस्कृतिक संयोजक भण्डारीले जानकारी दिएका छन । त्यस्तै महोत्सवमा लोकदोहोरी गायक तथा सञ्चारकर्मी प्रेम विवश घर्ती, गायक तथा गायिकाहरू श्रीधर कँडेल, राजेन्द्र चौधरी, ऊर्मि मगर, गायिका तथा सञ्चारकर्मी सिमा केसी, चर्चित डान्सर तथा मोडेलहरू टिक टक स्टार करिना डाँगी, सर्मिला पुन, अनिता महतरा, मधु चौधरी र निशु चौधरीका साथै सन्देशमूलक तीज गीत प्रतियोगिताका साथै स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने छ।

 महोत्सवमा दाङ देउखुरी सहित छिमेकी जिल्लाहरु प्यूठान, रोल्पा, अर्घाखाँची र कपिलबस्तुबाट समेत गरी करिब पाँच हजार बढी दर्शकको उपस्थिती रहने आयोजकले अनुमान गरेको छ । तीन वर्ष सम्म कोरोना भाईरस संक्रमणका कारण नाचगान गरी तीज पर्व मनाउन नपाएका हिन्दु नेपाली नारीहरूको महान् चार्ड हरितालिका तीजलाई थप रौनकता थप्न लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको भालुबाङमा पहिलो पटक तीज महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार