एकै दिन थपिए ९१२ नयाँ संक्रमित, १ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २० गते शुक्रवार

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जनाको परीक्षण गर्दा ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३ सय ७० जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ६० रहेको मन्त्रालयले जनाएको छ। देशभर कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार ९ सय ७० जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार