आगामी चुनावमा गठबन्धन गरेर जाने सत्तारुढ पाँच दलको निर्णय

Author Logo..
अनलाइन राप्ती २०७९ साउन २० गते शुक्रवार

काठमाडौं :   सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी संसदीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले प्रतिनिधि तालेमल गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा सिट बाँडफाँटको विषयमा छलफल भए पनि कार्यदलको प्रतिवेदन अनुसार अघि बढ्न नेताहरु सहमत भएका हुन् ।

तालमेल सम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने सहमति समेत भएको छ । कार्यदल गठनको सहमति भएपछि गठबन्धनका पाँचै दलले आन्तरिक छलफल गर्दै छन् । आन्तरिक छलफलपछि कार्यदल सदस्यको टुंगो लाग्ने छ । प्रतिनिधिसभाको एक सय ६५ सिट मध्ये कम्तिमा ९० सिट लिएर मात्र गठबन्धन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि पार्टी भित्रबाटै चर्को दवाव छ । माओवादी केन्द्रले पनि कम्तिमा ५० सिट आफ्नो भागमा पर्नुपर्ने अडान लिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार