दाङमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७९ साउन १९ गते बिहिवार


दाङ :  दाङमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान लमही नगरपालिका ६ देउपुरमा ट्रयाक्टरबाट खसेर स्थानीय १५ वर्षीय शुसान चौधरी मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरमा सवार उनी बिहान ६ बजे ट्रयाक्टरबाट खसेका हुन् । ट्रयाक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार