दाङ : बाँकेमा प्रहरीले अवैध लागू औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका १० का २९ वर्षीय दिपेश सुनार र वडा नं. ७ बस्ने २९ वर्षीय नारायण बुड थापा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर उनीहरूको साथबाट ३ वटा पुडियामा बनाइ राखेको ८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
नेपालगन्ज १५ जमुनाहा स्थित डिउटीमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरूले चलाएका भे ३ प २७६२ नम्बरको मोटरसाइकलमा ३ वटा पुडिया बनाई लुकाई छिपाई राखेको अवस्थामा फेला परेको जिप्रका बाँकेले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।