बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७९ साउन १८ गते बुधवार


दाङ :   दाङमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई  पक्राउ गरेको छ  ।  पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ५ का करिब २९ वर्षीय चमन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिकले मंगलबार दिउँसो सोही ठाउँकी  ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनलाई  तुलसीपुर उपमहानगरपालिका   १८ बिजौरी स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले ति बालिकालाई उनको घरदेखि एक सय मिटर पर मकैबारीमा लगेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ । बालिकाको अवस्था भने सामान्य रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार