भाइरल ज्वरो संक्रमण बढेपछि ७ दिनसम्म विद्यालय बन्द

Author Logo..
अनलाइन राप्ती २०७९ साउन १७ गते मङ्गलवार

दाङ :  दाङको राप्ती गाउँपालिकाले भाइरल ज्वरो संक्रमण बढेपछि ७ दिनसम्म गाउँपालिका भित्र रहेको सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गरेको छ । गाउँपालिकाको शिक्षा , युवा तथा खेलकुद शाखाले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि यही साउन २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ ।

विद्यालयहरूमा भाइरल ज्वरोको संक्रमण बढेको देखिएकाले हिउँदे र वर्षे बिदा कट्टी हुने गरी सामुदायिक तथा संस्थागत विद्यालयहरू आज बसेको कार्यपालिका बैठकले निर्णय गरेको शिक्षा शाखाका शाखा अधिकृत विश्वास विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार