करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७९ साउन १६ गते सोमवार

दाङ :  दाङमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । सोमबार दिउँसो करिव साढे २ बजे राप्ती गाउँपालिका वडा नं.बाहुने पाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए । त्यस्तै बासु गाहा मगरकी भाउजू  भिमा गाहा मगर घाइते भएकी छिन् ।

घाइतेको भालुबाङ अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरी निरीक्षक शाहले जानकारी दिए । घर भित्र जेठानीले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फाले पछि देउरानी हिमाले विद्युतको तार छुँदा करेन्ट लागेको थियो । करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान बासुले काँचो  लठ्ठाले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेपछि करेन्ट लागेर दुवै जनाको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार