दाङ : घोराहीमा रहेको एक विद्यालयका करिब २ सय विद्यार्थीलाई निःशुल्क पोशाक पोशाक दिएको छ । घोराही उपमहानगरपालिका १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई नि:शुल्क पोशाक दिएको हो । घोराही उपमहानगरपालिका वडा नं. १५ ले विद्यालयमा भर्ना हुन आएका सबै नयाँ विद्यार्थीलाई पोशाक निःशुल्क रुपमा दिएको विद्यालयमा प्रधानाध्यापक बसन्ता पौडेलले बताइन् ।
चालु शैक्षिक वर्षमा विद्यालयमा भर्ना हुन आएका करिव २ सय नयाँ विद्यार्थीहरूलाई पोशाक नि:शुल्क रुपमा पोशाक दिने ब्यवस्था वडा कार्यालयले गरेको वडाध्यक्ष रमेशकुमार पाण्डेले बताए । उनका अनुसार पोशाकको कपडा र सिलाई समेत गरी सरदर एक जना विद्यार्थीलाई १२ सय रुपैयाँका दरले पोशाक वापत सहयोग गरिएको छ । सोमबार विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । वडाध्यक्ष पाण्डे र विद्यालयकी प्रधानाध्यापक पौडेलले संयुक्त रुपमा विद्यार्थीलाई पोशाक प्रदान गरेका थिए ।