नेपाल भारतसँग ८–० ले पराजित

Author Logo..
अनलाइन राप्ती २०७९ साउन १५ गते आइतवार

काठमाडौं  : अगाडिका दुई खेलमा लगातार सानदार जित निकालेको नेपाली युवा टोलीले भारतसँग निरीह प्रदर्शन गरेको छ । आज यू–२० साफ च्याम्पियनसिपमा नेपाली टोलीले आयोजक भारतसँग ८–० को लज्जास्पद हार बेहोरेको हो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा घरेलु टोलीले ३६औँ मिनेटमा टाइसन सिंहको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपालले बाँकी ६ गोल दोस्रो हाफमा खाएको थियो ।

५०औँ मिनेटमा पार्थिब सुन्दर गोगोईले भारतको अग्रता दोब्बर बनाएका थिए । पार्थिब सुन्दरले त्यसको एक मिनेट वित्न नपाउँदै व्यक्तिगत दोस्रो गोल थपे । ६६औँ मिनेटमा टाइसन सिंहले चौथो गोल थपे । ७१औँ मिनेटमा हिमान्सु जाग्राले पेनाल्टीमा पाँचौँ गोल थपे ।

७८औँ मिनेटमा वैकल्पिक खेलाडी टंकधर बागले छैटौँ गोल थपे । ९०औँ मिनेटमा अर्का वैकल्पिक खेलाडी गुरकिरात सिंहले सातौँ गोल थपे । इन्जुरी समयमा शुभो पाउलले अर्को गोल थपेपछि भारतले ८–० को फराकिलो जित निकाल्न सफल भएको हो ।

जितसँगै भारले तीन खेलबाट ६ अंक जोडेको छ । भारत दोस्रो स्थानमा उक्लिएको छ । नेपालले पनि समान खेलमा ६ अंक नै जोडेको छ । नेपाल तेस्रो स्थानमा झरेको छ । तीन खेलबाट ९ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ ।

आजै पहिलो खेलमा माल्दिभ्स र श्रीलंकाले १–१ को बराबरी खेलेका थिए ।  अब नेपालले अन्तिम खेलमा बंगलादेशसँग मंगलबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार