एयरपोर्टमा रहेको ब्राउजर र इन्धन ट्याङ्की राखेको गेटमा ताला

Author Logo..
अनलाइन राप्ती २०७९ साउन १५ गते आइतवार


दाङ :  दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा रहेको ब्राउजर र इन्धन ट्याङ्की राखेको गेटमा ताला लगाइएको छ । आइतबार विमानमा इन्धन भर्नका लागि ल्याइएको ब्राउजर फिर्ता लैजान थालेपछि तुलसीपुर उपमहानगरकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको तुलसीपुर उद्योगी वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, व्यवसायी र जनप्रतिनिधिहरूको टोलीले टरिगाउँ एयरपोर्टमा रहेको ब्राउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाट ताला लगाएको हो ।

गएको बैशाखमा एयरपोर्टमा ल्याइएको ब्राउजर फिर्ता लैजाने कुरा सार्वजनिक भएपछि तुलसीपुर उपमहानगरपालिकाका उपमेयर चौधरीसहित तुलसीपुर उपमहानगरपालिका १२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, पूर्व अध्यक्ष विरु रावत, महासचिव विनिल केसी लगायतको टोली टरिगाउँ एयरपोर्टमा पुगेको थियो । उक्त अवसरमा उपमेयर चौधरीले कुनैपनि हालतमा ब्राउजर मेसिन फिर्ता जान नदिने बताइन ।ब्राउजर फिर्ता लैजान कुरा बाहिर आएपछि सर्वसाधारणदेखि स्थानीय जनप्रतिनिधि, व्यवसायी सबै विरोधमा उत्रिएका छन् ।

यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले हवाई इन्धन डिपो कार्यालय दाङ तुलसीपुरका प्रमुख बिपिन श्रेष्ठलाई ज्ञान पत्र बुझाएको छ ।ब्राउजर मेसिन फिर्ता लैजाने निर्णयको विरोधमा वाणिज्य संघका पदाधिकारीले प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन । विसं २०११ सालमा स्थापना भएको एयरपोर्ट अहिले साढे ७ सय मिटर कालोपत्र भएको छ, भने नेपाल एयरलाइन्सको सानो जहाजले उडान भदै आएको छ ।यस्तै उपमहानगरका पूर्व मेयर घनश्याम पाण्डेले एयरपोर्टमा ल्याइएको ब्राउजरलाई फिर्ता लैजाने सरकारको तयारी प्रति आपत्ती जनाएका छन् ।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै बिभिन्न बहानामा ब्राउजर लैजान खोज्नु दाङ बासीको लागि ठूलो पीडा र दुःखदायी कुरा भएको भन्दै जनहित विपरित गरिने कार्यप्रति जति निन्दा र भर्त्सना गरेपनि कमी हुने बताएका छन् र
जहाजमा तेल भर्न प्रयोग गर्ने ब्राउजर फिर्ता लिन तुलसीपुरमा प्राविधिको टोली नै आएपछि पाण्डेको यस्तो विज्ञप्ति आएको हो । विमानस्थलको धावनमार्गको स्तर वृद्धि गरेर हवाई उडान नियमित सञ्चालन गर्नुको साटो भएका संरचरना उल्टै लग्न खोज्नु गठबन्धन सरकारको विकास विरोधी र निकम्मा पन भएको पाण्डेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य हवाई सेवा प्रदायकहरूसँग हवाई इन्धन डिपो सञ्चालनमा आएपछि हवाई उडान थप्ने र पाइलट अकाडेमी सञ्चालन गर्ने कुरा पनि भै रहेको छ । तर यहाँको ब्राउजर अन्यत्र लैजाने कुराले वर्तमान गठबन्धन संघ र प्रदेश सरकारको नियतमाथि शंका उब्जाएको छ । यसको सबैले खबरदारी गरौँ । छिटो भन्दा छिटो हवाई इन्धन सेवा सञ्चालन गरौँ, थप उडान सेवाको लागि पहल गरौ ।’ पाण्डेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार