अन्तर कलेज पुरुष भलिबलको उपाधि ज्ञानज्योतिलाई

Author Logo..
लक्ष्मण बस्नेत २०७९ साउन १४ गते शनिवार



दाङ :   दाङको तुलसीपुरमा सम्पन्न अन्तर कलेज पुरुष  भलिबल प्रतियोगिता २०७९ को उपाधि ज्ञानज्योति कलेज तुलसीपुरले जितेको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा सञ्चालित प्रतियोगिताको शनिवार उल्लेख्य दर्शकको उपस्थितिमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा न्यु होराइजन बोर्डिङ स्कुल बुटवल रूपन्देही लाई १८-२५,२९-२७,१६-२५,२७-२५१५-१० अर्थात ३-२ को सेटमा पराजित गर्दै ज्ञानज्योति कलेजले उपाधि जितेको हो । 

उपाधिसँगै उसले नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र हात पार्‍यो । फाइनलमा सम्मान जनक हार ब्यहोरेको न्यु होराइजन उपविजेतामा सीमित रहँदै नगद पचास हजार एक सय एघार रुपैयाँ, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा मुसीकोट बहुमुखी क्याम्पस खलंगा रुकुम पश्चिम तृतीय भयो । उसले नगद पच्चीस हजार एक सय एघार रुपैयाँ हात पार्‍यो । प्रतियोगितामा व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडी न्यु होराइजन बोर्डिङ स्कुल बुटवल रूपन्देहीका बबिन थापा भए ।

उनले नगद पाच हजार, ट्रफी ,मेडल र प्रमाणपत्र हात पारे । त्यस्तै वेस्ट सटर ज्ञानज्योतिका सुदीप राना, वेस्ट लिबेरो ज्ञानज्योतिकै बिनोद बुढाथोकी, वेस्ट स्पाईकर  होराइजनका राहुल चौधरी र वेस्ट कोच न्यु होराइजन कै उदय बम मल्ल घोषित भए । उत्कृष्ट सबैले जनही दुई हजार ,मेडल तथा प्रमाणपत्र हात पारे । पाच दिन सम्म सञ्चालन भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका दाङ, बाँके  , रूपन्देही, सल्यान र पश्चिम रुकुम जिल्ला कलेज गरि २० टिमको सहभागिता रहेको थियो ।

यसैबीच प्रतियोगिताको समापन समारोह आयोजक राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरका अध्यक्ष कमल खत्रीको अध्यक्षता तथा नेपाली कांग्रेस तुलसीपुर नगर कमिटीका सभापति सुरेश हमालको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा न १० का अध्यक्ष यम बहादुर केसी र लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र सिह बैरागीको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अवसरमा प्रतियोगिता लाई भव्य एवं सभ्य बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउने संघसंस्था, व्यक्ति, तथा  राष्ट्रिय    राष्ट्रपतीय रनिङ शिल्ड प्रतियोगिता २०७९ मा एथलेटिक्स तर्फ राष्ट्रिय  कृतिमान कायम गर्न सफल निशा चौधरी, सहभागी बब्लु वली, भलिबल तर्फ खेलाडी मोनिका बिष्ट, सीता वली र रूपा थापा त्यस्तै विजेता, उपविजेता टिम तथा खैलाडी,  कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिले पुरस्कार तथा कप, मेडल प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार