काठमाडौं : छिमेकी मुलुक भारतमा नयाँ राष्ट्रपति द्रौपदी मुर्मू निर्वाचित भएकी छन्। उनी विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएकी हुन्। भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मतमूल्य हुन्छ।
कुनै पनि उम्मेदवारलाई जीतका लागि ५ लाख ४३ हजार १२६ मतमूल्य चाहिन्छ। तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मतमूल्य कटाएकी थिइन्। उनका प्रतिस्पर्धी सिन्हाले हार स्वीकार गरेका छन् र मुर्मूलाई जीतका लागि बधाई दिएका छन्। झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन्। उनले २५ जुलाईमा राष्ट्रपतिको सपथ लिनेछिन्।