कसैको सहयोगार्थ जनर नपुग्ने संस्थालाई गुरुकुलको सहयोग

Author Logo..
अनलाइन राप्ती २०७९ असार १३ गते सोमवार

दिपक वली
दाङ ।।
दाङको एक बिद्यालयका बिद्यार्थिहरुले प्रयोगात्मक रुपमा घोराहि बजारको चोक चोकमा ठेला ब्यबसाय गरेर आम्दानि गरेको रकम सामाजिक कार्यमा लगाएको छ । सैदान्तिक शिक्षा मात्र नभएर ब्यबाहारी शिक्षाको पनि अनुभव गराउन स्कुलले बिद्यार्थिहरुलाई ब्यबसायमा खटाएको हो ।सोहि ब्यबसायबाट आएको मुनाफा रकम मनस्थिति बिग्रिएका ब्यक्तिहरुको लागि सहयोग गरेको हो । घोराहिका बिभिन्न चोकमा ठेला ब्यापार गरेका गुरुकुल एकेडेमिका बिद्यार्थिहरुले ब्यबसायबाट कमाएको मुनाफा रकम प्रेरणाका लागि अभियान नेपाल नामक संस्थामा सहयोग गरेका छन । बिद्यार्थिहरुले ३९ हजार रुपैया लगानि गरेका गत मंगलवार बजारको बिभिन्न चोक चोकमा ब्यबसाय गरेका थिय । सो ब्यबसायबाट उनिहरुले ७ हजार ७ सय तिस रुपैया मुनाफा कमाएका थिय भने लियो क्लव अफ गुरुकुलको २ हजार ३ सय ६० रुपैया सहयोग गरी जम्मा १० हजार ९० रुपैया भएको थियो ।

उनिहरुले सो रकमबाट खाद्यान्न खरीद गरी मनस्थिति बिग्रीयर ब्यक्तिहरुलाई राख्ने संस्थालाई सहयोग गरेका हुन । ब्यबसायबाट आफ्नो जिवन्त कसरी चलाउन सकिन्छ भन्ने अनुभव गरेका बिद्यार्थिहरुले आफ्नै लगानिबाट कमाएको पैसा मनस्थिति बिग्रिएका ब्यक्तिहरुको लागि सहयोग गर्न पाउदा बिद्यार्थि अनुप श्री लामिछानेले निकै खुसि ब्यक्त गरेका छन । घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थीेत गुरुकुल एकेडेमिले पढाई संगै ब्यबहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको ब्यबसाय गराएको थियो । सैदान्तिक शिक्षा संगै प्रयोगात्मक शिक्षा भन्ने मुल नाराका साथ ब्यबस्थापन संकाएमा अध्यणरत बिद्यार्थिहरुले ब्यबसाय कसरी गर्ने भन्ने कुरा सिकाउनको लागि गरीएको कार्यमा सफलता प्राप्त गरेको प्लस टु ब्यबस्थापन संकायका संयोजक कृष्ण देव थापाले बताए । दैनिक जिवनमा आइपर्ने कुराहरु सिकाउने र स्वयम बिद्यार्थिहरुलाई अनुभव गराउन पनि उक्त कार्यक्रम गरीएको एकेडेमिका सह प्राचार्य मुकुन्द गिरीको भनाई छ । गुरुकुल एकेडेमिमा अध्यनरत बिद्यार्थिहरुको यो कृयाकलाप गर्नु पुर्व अभिभावकहरु आफ्ना बालबालिकाले यो काम गर्न सक्छनकि सक्दैनन भन्ने कुरामा शंसकित हुदै बिद्यालय तर्फ प्रश्न समेत खडा गरेका थिए । तर बिभिन्न किसिमका अफ्ठेरो परीस्थितिका बावजुत पनि गुरुकुलले यो प्रोजेक्ट संचालन गरेको थियो जुन नमुना र बिद्यार्थिको लागि नौलो अनुभव बनेको बिद्यालयका प्लस टु प्रमुख निमानन्द गैरे बताउछन ।

घोराही उपमहानगरपालिका–३ मोहननगरस्थीत प्रेरणाका लागि अभियान नेपालमा बस्दै आएका मनस्थीति विग्रिएका व्यक्तिहरुका लागि करिव दश हजार बढी मुल्यको खाद्यान्न पाएकोमा संस्थाका अध्यक्ष श्रीधर कुमार लम्सालले खुसि ब्यक्त गरेका छन । प्रेरणाका लागि अभियान नेपालमा अहिले महिला पुरुष गरेर १५ जना मनस्थीति विग्रिएका व्यक्तिहरु बस्दै आएका छन् । सधै र सबै जसो संघ संस्था हरुको सहयोगार्थ नजर नपर्ने मनस्थिति बिग्रिएकाहरुलाई राखिने संस्थामा गुरुकुलको नजर पुगेको छ । जसले गर्दा संस्थालाई थोरै भएपनि राहत मिलेको छ । त्यसैले यस्ता संस्थाहरुलाई पनि गुरुकुल जस्तै अन्य सहयोगि हातहरुको आबश्यकता छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार