विश्व ओलम्पिक डे को अवसरमा सरसफाइ 

Author Logo..
शरद रेग्मी २०७९ असार ८ गते बुधवार


दाङ :  विश्व ओलम्पिक डे को अवसरमा दाङको तुलसीपुरमा सरसफाइ गरिएको छ । बुधवार बिहान लुम्बिनी प्रदेश तेक्वान्दो संघले दाङको तुलसीपुर स्थित अरनिको मैदान सरसफाइ गरेको हो । दिनहुँ खेलाडीहरू व्यायाम गर्ने, बिभिन्न खेलहरू खेल्ने फिल्डमा जथाभावी फोहोर देखिएपछि ओलम्पिक डे को अवसर पारेर सरसफाइ गरिएको हो । तेक्वान्दो संघका  विद्यार्थी , गुरुहरू, व्यवसायी र तुलसीपुर उपमहानगरपालिकाका कर्मचारीहरूले  संयुक्त रुपमा सरसफाइ अभियानमा सहभागी जनाएका थिए ।

सो अवसरमा तुलसीपुर बजारमा  प्रभातफेरी कार्यक्रमको आयोजना समेत गरिएको थियो । यता तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष विमल रिजालले ओलम्पिक खेलले राष्ट्र र खेलाडीहरूको पहिचान विश्वभर दिलाउन भूमिका खेल्ने बताए ।  उनले आगामी ओलम्पिक खेल प्रतियोगितामा तेक्वान्दो सहित नेपालको पनि बिभिन्न खेलका विद्यामा  महत्वपूर्ण उपस्थिति रहने बताए । प्रदेश अध्यक्ष रिजालले विश्व ओलम्पिक डे को अवसरमा सम्पूर्णमा शुभकामना समेत व्यक्त गरे । ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार