महङ्गीको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Author Logo..
अनलाइन राप्ती २०७९ असार ८ गते बुधवार

दाङ :   महँगी नियन्त्रण र किसानलाई मलको आपुर्ति सहज बनाउन मागसहित जनता समाजवादी पाटी नेपाल तुलसीपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जसपा तुलसीपुर नगर अध्यक्ष टोपबहादुर महताराले दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई मूल्य वृद्धि नियन्त्रण र रासायनिक मलको आपुर्तिमा सहजता ल्याउन मागसहित ज्ञापनपत्र बुझाएका थिए ।

इन्धनको मूल्य आकासिँदा नागरिकको दैनिकी अस्तव्यस्त हुन थालेकोले महँगी नियन्त्रण गर्न प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जसपा नगर अध्यक्ष महताराले बताए । ‘मूल्यवृद्धि, भ्रष्टाचार, कालोबजारीका विरुद्ध हामी छौँ ।’ ज्ञापनपत्रमा भनिएको छ–‘ किसानलाई खेतीपाती गर्ने बेलामा रासायनिक मलको अभाव भइरहेको छ, यसको लागि किसानले सहज रूपमा मल पाउने वातावरण निर्माणका लागि प्रधान मन्त्रीको ध्यानाकर्षण गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार