बङ्गलाचुलीलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

Author Logo..
अनलाइन राप्ती २०७९ असार ५ गते आइतवार

दाङ :  बङ्गलाचुली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।  गाउँपालिकाको कमिरेचौरमा आइतबार एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । दाङका १० वटा पालिका मध्य दोस्रो पूर्ण खोप सुनिश्चित गाउँपालिकाको रुपमा घोषणा गरीको हो । 

पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका दाङको राप्ती गाउँपालिका रहेको छ ।  गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर सुवासको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । 

गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा  गाउँपालिका गाउँ कार्यपालिका सदस्य गणेश विश्वकर्मा, आमा समूहबाट कुमारी पुन मगर ,स्वास्थ्य स्वयंसेवीकाहरूको तर्फबाट तिर्सना परियार लगायतले बोलेका थिए । 

कार्यक्रममा  गाउँपालिकाका ८ वटै वडाका अध्यक्षहरू,  गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृतहरू, स्वास्थ्य संस्थाका प्रमुख तथा कर्मचारीहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्वयंसेवीकाहरु, आमा समुहका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रा कुमारी घर्तीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार