लक्ष्मण राईको  ‘पिरतीको भाका

Author Logo..
तुफान बाबु श्रेष्ठ २०७९ असार ३ गते शुक्रवार

दाङ :  मीठो   बैंसालुको बैँस
मलाई औधि माया गर्ने माया कहाँ गइछ ,

जीवनको हरेक पलमा साथ दिने मायालुको खोजी गरिएका सुन्दर गीतका शब्दहरूमा गायक लक्ष्मण राईले स्वर भरेका छन्। “पिरतीको भाका” बोलको गीतमा प्रेमको मिठासपूर्ण भावना सञ्चार गरिएको छ । गायक राईकै शब्द रहेको गीतमा संगीत युवा पुस्ताका गायक तथा संगीतकार चेतन राईको हो। 

३५ वर्ष शिक्षण पेशाका सेवा धर्मी भई हाल रिटायर्ड जीवनलाई सिर्जनाको लयमा लहराइ रहेका सक्रिय लक्ष्मण कुशल वाद्यवादक पनि हुन्। उनले  हार्मोनियम, बासुरी , मादल, तबला र गितार बजाउँने गरेका छन्।  सल्यानी माटोमा हुर्किएका राईले प्रेमका सुन्दर भावनाहरूलाई कुशल शब्द र स्वरमा व्यक्त गरेका छन्।

प्रेमको आभाष गराएर छोडी जाने मायालुसँग उनले गीतमा गुनासो गरेका छन्। सानै उमेरदेखि गीत, संगीत, गायन र नाट्य कलामा योगदान दिदैँ आएका राई फाइन आर्टमा पनि निपुण छन्। उनले आफ्नो जीवनकालमा पहिचान शिक्षण पेशा, कला, संगीत र गायन अनि साइन बोर्ड लेखनबाटै बनाए। यो क्रममा उनले धेरै कलाकारलाई सीप पनि सिकाए। 

सेकाइ इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतमा एरेन्जर सूर्य रुम्बा रहेका छन्। मिक्सर मास्टर आरबि लामा सिंगदान, काष्टमा संयम सिंह र सेलिना प्रधान रहेका छन्। एमयूए दिया रिजाल, प्रोडक्सन म्यानेजरमा बिक्रम तामाङ रहेका छन्।

क्यामरा असिस्टेन्स विशाल थापाको, पोशाक नेम ईट, ड्रोन अनिल कटवालले चलाएका हुन् भने सम्पादन फराज अर्पणको रहेको छ। गीतको भिडियो उत्पादनमा कल्पना श्रेष्ठ राई रहेकी छन्। निर्देशन युवा संगीतकार चेतन राईले नै गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार