मोडलिङ दुनियाँमा उदयमान मोडल दाङका गोविन्द विवश 

Author Logo..
अनलाइन राप्ती २०७९ जेष्ठ २१ गते शनिवार

 मोडलिङ दुनियाँमा उदयमान मोडल हुन्  गोविन्द विवश । नेपाली म्युजिक भिडियोको क्षेत्रमा होस् वा नृत्यमा आफूलाई कसरी हुन्छ क्रियाशील गराउँदै अरूभन्दा फरक रूपमा प्रस्तुत गर्न लागि पर्ने व्यक्ति हुन् गोविन्द । मोडलिङ सबैले गर्छन् तर निपूर्ण रूपमा आफ्नो कला कसरी देखाउन सकिन्छ त्यो महत्वपूर्ण कुरा हो, गोविन्द भन्ने गर्छन् ।

मोडलिङ भित्र गीत अनुसारको अभिनय, नृत्य र हाउभाउ मिलाउँदै शब्द शब्दमा आफूलाई खेलाउन सक्नु नै वास्तविक कला हो। त्यही कलाभित्र उनी हराइरहेका छन् । आफ्नो दैनिक कलाकारिता भित्र नै समर्पण गरिरहेका छन् । दाङ जिल्लाको तुलसीपुर बेलुवा  चुलसेमा जन्मिएका उनीभित्र कलाकार बन्ने ठूलो सपना थियो । टीभीमा देखिने अनुहारहरूमा शंकर बिसीको अभिनय, नृत्यले उनलाई कलाकारितामा आकर्षित बनाएका थियो ।

निर्देशक तथा मोडल शंकर बीसी गोविन्दको लागि आइडल नै थिए। उनको सुपारी चाम्रो, नजाउँ सानु पँधेरीमा लगायतका दर्जनौं गीतहरू हेरेपछि आफूलाई पनि यस्तै कलाकार बन्नुपर्छ भन्ने भोक जागेको थियो । गोविन्द त्यही भिडियोहरूबाट प्रभावित भएर तुलसीपुरमा नै कलाकारिताको सुरुवात गर्न थालेका थिए । तुलसीपुरमा नै उनले नृत्य सिके, गाउँमा हुने कन्सर्ट, मेला महोत्सवमा नृत्य प्रस्तुत गर्दै आए ।

तुलसीपुरको सिअना  कला केन्द्रमा ५ वर्षसम्म नृत्य तथा अभिनयको प्रशिक्षण लिएका उनले स्थानीयस्तरमा नै कलाकारिताको संघर्ष र  भोगाइसँग रमाइरहेका थिए । गोविन्द विवश अध्ययन र कलाकारितालाई लिएर २०६८ सालमा काठमाडौं छिरेका थिए ।

काठमाडौं प्रवेशसँगै उनले शंकर बिसीको नृत्य तथा अभिनयको प्रशिक्षण लिए स्कुल कृष्ण फिल्ममा नृत्य तथा अभिनय सिक्न सुरु गरे । उनको एउटै उद्देश्य थियो कलाकार बन्नु । उनको कलाकारिताको आइडल शंकर बिसीकै स्टुडियो उनले चयन गरे र त्यहाँ  प्रशिक्षण लिन थाले । नृत्य तथा अभिनय सिक्दै गर्दा उनले गायक तिलक वली र गायिका राधिका हमालको स्वरमा    रहेको तिज गीत मेरो बिल्ला भो मा अभिनय गर्ने मौका पाए।

जुन गीतमा चर्चित मोडल पार्वती राईसँग उनले अभिनय गरे । जसमा प्रकाश भट्टको निर्देशन रहेको थियो। सोही वर्ष उनको अभिनय तथा नृत्यले चर्चा पनि पायो। पहिलो गीतबाट नै उनलाई मोडलका रूपमा स्थापित गराइदियो । त्यही वर्ष नै उनले तिजको ३ वटा गीतमा अभिनय तथा मोडलिङ गर्ने अवसर पनि पाए । 

सोही वर्ष नै लोकदोहोरी गीतमा पनि अभिनय गरे । तिलक वली र प्रतिमा गौतमको स्वर रहेको गीत सादा जीवन विचारमा पनि उनले अभिनय गरे। उच्च जुन गीतले उनलाई लोकदोहोरी क्षेत्रमा पनि स्थापित गराइदियो । उनलाई चिन्ने गीत बन्यो । त्यसपछि उनी मोडलिङ क्षेत्रमा व्यस्त बन्न पुगे । यही बीचमा उनले काठमाडौंको मित्रनगरमा कल्चर सेन्टर समेत संचालन गरे ।

४०/५० जना विद्यार्थीहरूलाई लिएर उनी आफै नृत्य र अभिनय सिकाउन थाले । एकातिर नृत्य प्रशिक्षण गराउनुपर्ने र अर्कोतर्फ म्युजिक भिडियोमा व्यस्त बन्नुपर्ने भएकाले केही समयपछि कल्चर सेन्टर बेचेर कलाकारितामा मात्रै व्यस्त बने। १ सय ६५ भन्दा बढी म्युजिक भिडियो खेलिसकेका उनले रामजी खाँडको फूलको बोटमा गीतबाट चर्चा बटुल्न सफल भए । तर आफूलाई मनपरेको मिडियो भने निरजाले हो।

धेरै मिडियोमध्ये आफूलाई निरजाले मन परेको थियो गोविन्दले भने यो गीतमा स्ट्रगल पनि धेरै नै गरेको छु। यतिखेर भने गोविन्द विवश व्यस्त छन् । एकपछि अर्को म्युजिक भिडियोमा अभिनय तथा नृत्य गर्ने मौका पाइरहेका छन् । समय अनुसारको फल भएको महसुस गरेका छन् तर ई अर्थ संघर्षको यात्रामा नै रहेको बताउँछन् ।

कलाकारिता देख्दा सजिलो तर यसभित्र प्रवेश गरेपछि निकै कठीन यात्रा रहेछ उनी भन्छन् ( निरन्तर संघर्षको मैदानमा खटिरहेपछि सफलता हातमा मिल्दो रहेछ उनी यतिखेर धेरै भिडियो खेल्ने गर्छन् । भिडियोमा खेलेको कति लिनुहुन्छ भन्दा आफूले भिडियोलाई पैसासँग दाँज्नु भन्दा पनि अभिनय कलासँग दाँज्ने गरेको छु, उनले भने ।

गोविन्द दिवशका बुबाआमा किसानी पेशामा आबद्ध हुनुहुन्छ, भने एक दाजु नोकरी गर्नुहुन्छ । यतिबेला उनको कलाकारिता देखेर उनको परिवार पनि खुशी छन् । सँगै पढेका साथीहरू पनि उनको कलाकारितामा खुशी भएको अनुभव व्यक्त गर्छन् ।

उनले म्युजिक भिडियोमा अभिनय सँगै कोरियोग्राफी र निर्देशनमा पनि हात हालेका छन् । दर्जनभन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका गोविन्दको दै निकीमा म्युजिक भिडियो, विभिन्न सांस्कृतिक कार्यक्रम र बेलुका गामवेशी दोहोरी साँझमा आफ्नो कला प्रस्तुत गर्ने नै रहेको छ ।

म्युजिक खबरबाट

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार