दाङ : साउदी अरबमा विगत लामो समयदेखि बिरामी भई समस्यामा परेका बबई गाउँपालिका २ का सुमन बस्नेतलाई उद्धार गरी नेपाल पठाइएको छ । साउदीमा रहेका एक दर्जन भन्दा बढि नेपाली युवाहरूको सहयोगमा बस्नेतलाई सुरक्षित तरिकाले नेपाली पठाइएको सहयोगमा अगुवाइ गर्ने पूर्ण वलीले जानकारी दिए ।
बस्नेत करिब ३ महिना पहिले वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका थिए । उनी गएको केही समयपछि बिरामी हुँदा धेरै समस्या परेका थिए । कम्पनीले बेवास्ता गर्दा करिब १८ जना युवाहरूको सहयोगमा उनलाई नेपाल पठाइएको वलीले जानकारी दिए । त्यस्तै उनले बस्नेतलाई नेपाल पठाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनले आफूहरूले विदेशी भूमिमा रहेको विभिन्न समस्यामा परेका युवाहरूलाई सहयोग गर्दै आइरहेको पनि बताए ।