पूर्वमन्त्री बस्नेत सवार गाडी दुर्घटना हुँदा १० जना घाइते

Author Logo..
अनलाइन राप्ती २०७९ बैशाख २९ गते बिहिवार


दाङ :  पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ । सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेत सहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर ३ राणा गाउँमा उनी सवार बलेरो जिप र एम्बुलेन्स एकआपसमा बिहीबार करिब साढे २ बजेतिर ठोकिएका हुन् । सल्यानबाट तुलसीपुर तर्फ आउँदै गरेको बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्स ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा सांसद बस्नेतसहित चालक रमेश ओली र महेश घर्ती घाइते भएका छन् , भने एम्बुलेन्समा सवार रुकुम पश्चिमका कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, श्यामप्रसाद शर्मा, राधिका शर्मा पुतली खत्री, सुभास शर्मा र शम्भुप्रसाद शर्मा घाइते भएका छन् । घाइते बस्नेतसहित १० जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार