लुम्बिनी प्रदेशमा ३२ लाख बढि मतदाता

Author Logo..
अनलाइन राप्ती २०७९ बैशाख २९ गते बिहिवार

 


दाङ :  लुम्बिनी प्रदेशका १२ जिल्लामा ३२ लाख १९ हजार ४५९ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । ति मध्ये सबै भन्दाबढी रूपन्देहीमा रहेका छन्, भने सबै भन्दा कम रुकुम पूर्वमा रहेका छन् । कार्यालयका अनुसार रूपन्देहीमा ३ लाख २३ हजार ७७८ पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला र ८ जना अन्य गरी ६ लाख ३२ हजार ३६० मतदाता रहेका छन्, भने २०८ वटा मतदान स्थल र ७०० वटा मतदान केन्द्रहरू रहेका छन् ।

त्यस्तै रुकुम पूर्वमा १६ हजार ९४ पुरुष र १६ हजार ६२४ महिला गरी ३३ हजार ५१ जना मतदाता रहेका छन् । जसमा ३५ वटा मतदान स्थल र ४९ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै गुल्मीमा १ लाख १० हजार ५९ जना पुरुष र १ लाख १४ हजार २१५ जना महिला र २ जना अन्य गरी २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन । जसमा १४२ मतदान स्थल र २७९ मतदान केन्द्र रहेका छन् ।

पाल्पामा ९६ हजार ६८० पुरुष र १ लाख ३ हजार १० महिला गरी १ लाख ९९ हजार ६९० मतदाता रहेको कार्यालयले जनाएको छ । पाल्पामा ११८ मतदान स्थल र २७९ मतदान केन्द्र रहेका छन् । यस्तै अर्घाखाचीमा ८१ हजार ४४९ पुरुष र ८२ हजार ३६६ महिला गरी १ लाख ६३ हजार ८१५ जना मतदाता रहेका छन् । ९६ वटा मतदान स्थल, २०२ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै कपिलवस्तुमा १ लाख ९९ हजार २८७ पुरुष र १ लाख ७३ हजार ११ महिला र २ जना अन्य गरी ३ लाख ७३ हजार १०० मतदात रहेकोमा २३५ मतदान स्थल र ४६८ मतदान केन्द्र रहेका छन् । रोल्पामा १ म्तदान स्थल, १७३ मतदान केन्द्र र ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरी १ लाख ४५ हजार ४४४ मतदाता रहेका छन् ।

प्यूठानमा १५१ मतदान स्थल, २२० मतदान केन्द्र रहेका छन, भने ७७ हजारर ३२७ पुरुष, २ हजार १८ महिला र अन्य एक जना गरी १ लाख ५९ हजार ३४६ मतदाता रहेका छन् । त्यस्तै बाँकेमा १३६ मतदान स्थल, ३७९ मतदान केन्द्र र १ लाख ६७ हजार ३४९ पुरुष र १ लाख ६२ हजार ११७ जना महिला र अन्य ७ जना गरी ३ लाख ३९ हजार ४७३ जना मतदाता रहेका छन् ।

यसैगरी बर्दियामा १५३ मतदान स्थल, ३७१ मतदान केन्द्र र १ लाख ५२ हजार ७४२ पुरुष र १ लाख ५८ हजार ६६२ महिला र अन्य ६ जना गरी ३ लाख ११ हजार ४१० जना मतदाता रहेका छन् । यस्तै नवलपरासी पश्चिममा १२१ मतदान स्थल, २८३ मतदान केन्द्र रहेका छन् । १ लाख १९ हजार ७७५ पुरुष र १ लाख १७ हजार ३४६ महिला र ४ जना अन्य गरी २ लाख ३७ हजार १२५ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार